सिद्धार्थ बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरूलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
अब नयाँ डिम्याट खाता खोल्नपरेमा ग्राहकहरूले भौतिक रूपमा बंैकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकको वेबसाइटमा गई वा सोझै अनलाइन डिम्याट डट सिद्धार्थ क्यापिटल डटकममा गई आवश्यक विवरण भरी सहजरूपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । ग्राहकहरूले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरो सेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् । ग्राहकहरूले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ ।
डिम्याट खाता खोलिसकेपछि ग्राहकहरूलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरूसहित ६० दिनभित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएसमार्फत जानकारी गराइनेछ । ग्राहकहरूले परिचय खुल्ने कागजातहरूसहित स्वयं उपस्थित भएपछि बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहकहरूले मेरो सेयर र सीआरएनको लागि आवेदन दिएको छ भने मेरो सेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहकहरूलाई आवश्यक विवरणहरू इमेलमार्फत प्रदान गरिनेछ ।
बैंकले ल्याएको अनलाइनमार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरू बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरूलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बन्नेछ । यसबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया