सिटिजन्स बैंकको वित्तीय सेवा अब वेबसाइटबाट
काठमाडौं । डिजिटल बैंकिङलाई सधैैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू अझ सहजढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरूको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।
प्रारम्भिक रूपमा ग्राहकहरूले बैंकमा नगई आफ्नो डिम्याट, मेरोसेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोडलगायतका सेवाहरूको लागि अनलाइनमार्फत नै निवेदन दिनसक्ने व्यवस्था बैंकले गरेको छ । वेबसाइटमार्फत ग्राहकहरूले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिस्ट्रेसन, बन्द गर्न, पासवर्ड रिसेट, मेरो सेयरको रजिस्ट्रेसन, नवीकरण, पासवर्ड रिसेट, सीआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता, पासवर्ड रिसेटजस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन् । यी सबै सेवाहरू बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा अन्य थुप्रै सेवाहरूलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।
बैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । साथसाथै यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७५ वटा शाखा, एक सय २५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया