मेटलाइफका वरिष्ठ अधिकारीहरू नेपाल भ्रमणमा
काठमाडौं । मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेन्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी छन् । आफ्नो पाँचदिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेको कम्पनीले जानकारी दिएको छ ।
बीमा उद्योगमा २० वर्षभन्दा बढी अनुभव संगालेकी बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनामजस्ता एसियाका फस्टाउँदै गएका बजारहरूमा मेटलाइफको व्यवसायको जिम्मेवारी सम्हालिरहेकी छन् । उनको प्राथमिकतामा डिजिटाइज्ड व्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमताहरूमा सहकार्य र सहलगानी बढाएर यी बजारहरूमा व्यवसाय वृद्धि गर्नु रहेको छ । बुटारोभाले नेपालभरि बलियो वितरण सञ्जालको विकासलाई निरन्तरता दिनमा केन्द्रित रहेको नेपाल व्यवस्थापन टोली, एजेन्सी र वितरण प्रतिनिधिहरूसँग भेटघाट गरेकी थिइन् । उनले वार्षिक अवार्ड नाइटमा वर्षभरि उत्कृष्ट प्रस्तुति गर्ने योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र फिल्ड प्रतिनिधिहरूलाई सम्मान गरेकी थिइन् । उनले ग्रामीण समुदायको उत्थानका लागि माइक्रो इन्स्योरेन्स क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि छलफल गरी सरोकारवालाहरूको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले मेटलाइफ नेपालको वुमेन्स बिजनेस नेटवर्कसँगको अन्तरक्रियात्मक कार्यक्रममा भागलिई महिलाको कार्यजीवन सन्तुलन तथा भावनात्मक र मानसिक स्वास्थ्यजस्ता क्षेत्रहरूमा आफ्ना विचारहरू व्यक्त गर्नुका साथै उनीहरूका उपलब्धिहरू र नियमित कार्यक्रमहरूको प्रशंसा गरेकी थिइन् । साथसाथै उनले महिलाहरूलाई कम्पनीभित्र शीर्ष व्यवस्थापन पदहरूमा सहभागिता हुन उत्प्रेरित गरेकी थिइन् । त्यसैगरी युरोप, अफ्रिका र एसियामा एजेन्सी वितरणको व्यापक अनुभव बोकेका मार्वन मटरले विभिन्न एजेन्सी कार्यालयको पनि भ्रमण गरेका थिए र एजेन्सी कार्यकारीहरू, युनिट प्रबन्धकहरू र फिल्ड प्रतिनिधिहरूलाई बलियो एजेन्सी र वितरण नेटवर्कको प्रभावकारी रूपमा निर्माण र सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका थिए ।
मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा : मेटलाइफ इन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनी मेट लाइफका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया