Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने

रसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने


काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवाका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६८ करोड ४२ लाख १० हजार रुपैयाँबराबरको ६८ लाख ४२ हजार एक सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम सात कित्ता कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत यही असार १३ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते बन्द हुनेछ । कम्पनीको साधारण सेयरको सह बिक्री प्रबन्धकहरूमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड र सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x