एनएमबी बैंकको मुद्दतीमा डबल प्रतिफलको योजना
काठमाडौं । एनएमबी बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरूको लागि आकर्षक मुद्दती योजना ‘एनएमबी डबल मुद्दती’ र ‘एनएमबी जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । एनएमबी डबल मुद्दती योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, एनएमबी जन्मभूममि डबल मुद्दती योजनामा नेपालीहरूले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।
सोही योजनाअन्तर्गत एनएमबी बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३८ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया