Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतार एयरवेजबीच सम्झौता

नबिल कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतार एयरवेजबीच सम्झौता


काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । जसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागू हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । बैंकका अनुसार यो छुट यही असार १७ गतेदेखि लागू हुनेछ ।

एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो साझेदरीअन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाइ टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नुपर्ने हुन्छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकल संस्था, स्काइ ट्रक्याक्सद्वारा फाइभ स्टार कोभिड १९ एयरलायन सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तर्राष्ट्रिय हवाइ सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीले शाहले बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको एक सय ५० वटा शाखा, एक सय ८७ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x