Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकद्वारा तीन जना ग्राहकलाई ३० लाख बीमारकम भुक्तानी

एनआईसी एसिया बैंकद्वारा तीन जना ग्राहकलाई ३० लाख बीमारकम भुक्तानी


काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका तीन जना ग्राहकहरूलाई घातक रोगको बीमाबापत प्रतिव्यक्ति १० रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अनुसार बीमालाभ प्राप्त गर्नेमा बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचतखाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डाइमन्ड’ श्रेणीको खाता खोलेकी विमला दाहाल छन् । निज लाभदायीहरूलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार ६० जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमाबापत दुई करोड १० लाख, दुर्घटना बीमाबापत ४० लाख र मेडिकल बीमाबापत दुई करोड ६१ लाख गरी कुल पाँच करोड ११ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका तीन बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचतखाता ग्राहकहरूसामुु ल्याएको छ ।

यो बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जासम्बन्धी सुविधाहरूलगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्स नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस/सी आईपीएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक एवं निजले मनोनीत गरेका अन्य तीन व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्णरूपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको विश्वास र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x