Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समिति सदस्य प्राडा गिता प्रधान र असन वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्तरूपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ । २०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्नटरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या एक सय ४५ वटा पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x