Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका दुई जना बीमा अभिकर्ता अमेरिका प्रस्थान

एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका दुई जना बीमा अभिकर्ता अमेरिका प्रस्थान


काठमाडौ । मिलिनियम डलर राउन्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरू नमिता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका तीन जना अभिकर्ताहरूमध्ये दुई जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्वयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाइ गरेको छ । सो कार्यक्रममा लिडरद्वयलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो ।

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले समग्र देश एवं उत्कृष्ट बीमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बीमा मध्यस्थकर्ताहरूमाझ उपस्थिति जनाउन गएकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमामाझ प्रस्तुत गरेर बीमाक्षेत्रको विकासमा योगदान दिन लिडरद्वयलाई अनुरोध गरे । बीमाकर्मी नमिता न्यौपानेले आफू सदैव बीमाक्षेत्रको विकासमा लागिरहने बताउँदै यस्तो मौका सिर्जना हुने वातावरण प्रदान गरेकोमा कम्पनीप्रति धन्यवाद जनाइन् ।

रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमिता न्यौपाने यसअघि पनि तीन पटक एमडीआरटी तथा सीओटीको रूपमा सो कार्यक्रममा छनौट भएका थिए भने अर्का अभिकर्ता कमल दाहाल दोस्रो पटक सो कार्यक्रममा छनोट भएका हुन् । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बीमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बीमाकर्मीका प्रेरणाको स्रोत रहेको कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x