Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सम्झौतामा सूर्या लाइफको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् । मर्जरको लागि सम्झौंता गरेपनि सेयर मिलान अनुपात (स्वाप रेसियो) तय नगरेको कम्पनीले जानकारी दिएको छ ।

मर्जरसम्बन्धी सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) तयार गर्ने कम्पनीको भनाइ छ । सोपश्चात् मात्र कम्पनीले मर्जरको लागि स्वाप रेसियो निर्धारण गर्ने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x