Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता

सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखा र बनेपास्थित हिमालय दृश्य रिसोर्ट प्रालिबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र रिसोर्टका प्रबन्ध सञ्चालक श्यामकाजी महतले हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी बैंकले काभ्रे जिल्लामा सातवटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा एक सय ४४ वटा पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x