Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषद्वारा ‘कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष’मा थप प्रतिफल प्रदान

नागरिक लगानी कोषद्वारा ‘कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष’मा थप प्रतिफल प्रदान


काठमाडौं । नागरिक लगानी कोषले ‘कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष’ कार्यक्रमका करिब दुई लाख ९८ हजार सहभागीहरूलाई कोषको आर्थिक वर्ष २०७७÷७८ सम्मको मुनाफाबाट एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिको असार ११ गते शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव पाँच प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरूको खातामा कुल रकम एक अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरूको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x