Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरू मध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ ।

गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरूमध्ये २१ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने छवटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर सात दशमलव ३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १७ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

बैंकले हाल मुलुकभर दुई सय १७ वटा शाखाहरू, एक सय ७९ वटा एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्षयता बैंकले छिटो, छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x