Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्मार्ट च्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रियस्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरूप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवा सुविधा पु-याउँदै आएको मुलुकको बैंकिङ क्षेत्रको अग्रणी गरिमा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतापश्चात् स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पिओएस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x