Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जनरल इन्स्योरेन्सको विशेषसभा

सानिमा जनरल इन्स्योरेन्सको विशेषसभा


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले बुधबार सञ्चालक समितिका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा धुम्रबराह पार्टी प्यालेस धुम्वाराहीमा विशेष साधारणसभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक–आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा तत्सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल–अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x