Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक अब काठमाडौंको नेपालटारमा पनि

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा पनि


काठमाडौं  । सानिमा बैंक लिमिटेडले शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्तरूपमा गरेका छन् ।

समुद्घाटन् समारोहमा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक श्रीमती गायत्री थापाले काठमाडौंको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरूलाई निरन्तर सहयोग एवं सदभावका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय र एक सय १८ वटा एटीएम संचालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x