Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल र काठमाडौं प्याथ ल्याबबीच सम्झौता

आईएमई जनरल र काठमाडौं प्याथ ल्याबबीच सम्झौता


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृतशरण रेग्मी र काठमाडौं प्याथ ल्याबकाप्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् आईएमई जनरलका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जानकारी दिएको छ ।

साथै सोही अवसरमा आईएमई जनरलका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरूपमा प्राप्त गर्नसक्ने जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x