Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार २८ दशमलव ७७ विन्दुमा

बजार परिसूचक दुई हजार २८ दशमलव ७७ विन्दुमा

सातामा १० अर्ब ६४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई २८ दशमलव ७७ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८८ दशमलव ६२ विन्दुमा सीमित भएको छ ।

यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय ३७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ६१ करोड ९० लाख सात सय नौ रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो, तेस्रो र अन्तिम कारोबार दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा उकालो लागेको थियो । पहिलो कारोबार दिन बजार परिसूचक ९४ दशमलव ९२ अंकले उकालो लागेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९३ अंंकले उकालो लागेर तीन सय ८२ दशमलव ८४ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक २३ दशमलव ८५ अंकले ओरालो लागेर १९ सय ३३ दशमलव १३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंंकले ओरालो लागेर तीन सय ७५ दशमलव ८२ विन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन पनि बजार परिसूचक ११ दशमलव ८२ अंकले ओरालो लागेर १९ सय २१ दशमलव ३१ विन्दुमा झरेकोमा सेन्सिटिभ पनि तीन दशमलव २२ अंंकले ओरालो लागेर तीन सय ७२ दशमलव ६० विन्दुमा झरेको थियो । चौंथो कारोबार दिन भने बजार परिसूचक पुनः ४१ दशमलव ३९ अंकले उकालो लागेर एक हजार नौ सय ६२ दशमलव ७१ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५५ अंंकले उकालो लागेर तीन सय ७९ दशमलव १५ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ७४ दशमलव ९३ अंकले उकालो लागेर दुई हजार ३७ दशमलव ६४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६३ अंंकले उकालो लागेर तीन सय ९१ दशमलव ७८ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन भने बजार परिसूचक आठ दशमलव ७७ अंकले ओरालो लागेर दुई हजार २८ दशमलव ७७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंंकले ओरालो लागेर तीन सय ८८ दशमलव ६२ विन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x