ज्योति विकास बैंकको ‘ज्योति रिकरिङ खाता’
काठमाडौं । ज्योति विकास बैंकले ज्योति रिकरिङ डिपोजिट निक्षेप योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ खाता सञ्चालनमा ल्याइएको हो ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले आवश्यकताअनुसार एक वर्षदेखि १० वर्षसम्मका लागि मासिकरूपमा रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिकरूपमा न्यूनतम पाँच सय रुपैयाँका दरले क्रमिकरूपमा रकम जम्मा गर्दै जान सकिनेछ ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पती, युवा–युवतीहरू, अभिभावक वर्गहरूले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागि मासिकरूपमा चाहेको निश्चित रकम नियमितरूपमा जम्मा गरी तोकिएको समय व्यतित भएपछि एकमुस्ट भुक्तानी लिन सक्नेछन् । साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ ।
ज्योति विकास बैंक ग्राहककेन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरूलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल एक सय १८ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया