Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः एक्स रे, यूएसजी, इसीजी, इकोलगायतका सेवाहरूमा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरूपमा प्राप्त गर्नसक्ने जानकारी गराए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x