माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा
काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङसिथत सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको समुद्घाटन गरेको हो । १६५औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एवं माछापुच्छ बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिति रहेको थियो ।
धादिङ जिल्लामा खोलिएको नयाँ शाखासँगै यस जिल्लामा मात्रै बैंकका चारवटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ६६ शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बीमा कम्पनीमा एनएफआरएस–१७ कार्यान्वयनमा ल्याइने
- वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया