Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंक र सिभिल बैंक मर्ज हुने

हिमालयन बैंक र सिभिल बैंक मर्ज हुने


काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक पनि मर्ज हुने भएका छन् । स्रोतका अनुसार दुवै बैंकले मर्जरको लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् । सोअनुसार ती बैंकहरूले आगामी शुक्रबार मर्जरको लागि औपचारिक सम्झौता गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार मर्जरको लागि सिभिल बैंकका एक सय कित्ता सेयर मर्जरपछि बन्ने बैंकमा ८१ कित्ता अर्थात् १००ः८१ को स्वापमा मर्जर जाने सहमाति भएको छ । मर्जरमा जानकै लागि औपचारिक निर्णय गर्न हिमालयन बैंकले सञ्चालक समितिको बैठक समेत आह्वान गरेको स्रोतले बताएको छ । मर्जरपछि बन्ने बैंकको नाउँमा हिमालयन बैंक लिमिटेड नै कायम रहने र उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा नै कायम रहने जानकारी पनि हिमालयन बैंक स्रोतले दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x