‘आईएमई–पे’ र ‘स्मार्ट क्यूआर’बीच सम्झौता
बिगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५ सय रुपैयाँसम्मको छुट
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवर्द्धित आईएमई–पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरूप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेषरूपमा आईएमई–पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत अथवा अधिकतम तीन सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् । डिजिटलाइज नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आईएमई–पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।
साझेदारी अवधिभर निश्चित नियम र सर्तहरूअन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
आईएमई–पेको बारेमा : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई–पे’ आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
- त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया