Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको नयाँ शाखा बर्दियाको राजापुरमा

एभरेष्ट बैंकको नयाँ शाखा बर्दियाको राजापुरमा


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा–सुविधाहरू उपलब्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो एक सय १७औँ शाखाको बुधबार उद्घाटन गरेको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकको हाल एक सय १७ वटा शाखा, एक सय ५१ वटा एटीएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्कमार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x