Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘प्रभु क्यापिटल एप’ सञ्चालनमा

‘प्रभु क्यापिटल एप’ सञ्चालनमा


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल डिजिटल एप’ सञ्चालनमा ल्याएको छ । कम्पनीका आनुसार बिहीबारदेखि उक्त एप सञ्चालनमा ल्याइएको हो । एपबाट ग्राहकहरूले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ । यो एपबाट भिडियो केवाइसी, विवरणहरू परिवर्तनका लागि निवेदन, नविकरण शुल्क भुक्तानी, मेरो सेयरको पासवर्ड परिवर्तन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।

यो एपबाट लगानी व्यवस्थापनका योजनामा आवेदन समेत दिन सकिने सुविधा रहेको छ । आबद्ध ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरूको विवरण तथा विभिन्न परिसूचकको अवस्थाको बारेमा हेर्न पाउनेछन् । एप ‘ओम्नी च्यानल’ प्रविधि प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ । एपलाई क्यापिटलले आफ्नै कार्यालयको सर्भरमा होस्टिङ गरेको छ । विभिन्न चरणमा एपको जाँच तथा सुरक्षाको जोखिम परीक्षणपछि सञ्चालनमा ल्याइएको जानकारी कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x