लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि गर्ने
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि गर्ने भएको छ । पुँजी वृद्धिसम्बन्धी प्रस्ताव कम्पनीको यही असार २९ गते हुने १७औँ वार्षिक साधारणसभाले पारित गर्ने जानकारी कम्पनीले दिएको छ ।
काठमाडौंको अमृतभोग पार्टी प्यालेसमा हुने उक्त साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँलाई वृद्धि गरी तीन अर्ब रुपैयाँ पु-याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यीबाहेक हाल कायमक रहेको चुक्ता पुँजी एक अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँलाई वृद्धि गरी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार पाँच सय ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि कम्पनीले पारित गर्नेछ ।
कम्पनीले चुक्ता पुँजीको नौ दशमलव पाँच प्रतिशतका दरले हुनआउने ११ करोड ३८ लाख ९४ हजार चार सय ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया