Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको नाफामा कडाइ गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

बैंकहरूको नाफामा कडाइ गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वाणिज्य बैंकहरूको नाफामा आवश्यकताअनुसार कडाइ गर्न सुझाव दिएको छ । आर्थिक वर्ष २०७९–०८० को मौद्रिक नीतिमा सुझाव दिन महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल महासंघका अनुसार अध्यक्ष शेखर गोल्छाले उक्त सुझाव दिएका हुन् । अर्थतन्त्रलाई चलायमान बनाउनको लागि पनि मौद्रिक नीतिले प्रभावकारी भूमिका खेल्नुपर्ने र त्यसको लागि उपयुक्त नीति ल्याउन अध्यक्ष गोल्छाले सुझाव दिएका हुन् ।

‘पछिल्लो समय व्यवसायीहरूले कर्जा नपाएको गुनासो गरिरहेका छन् । यो अवस्था ती व्यवसायीहरूको गुनासो सम्बोधनको लागि पनि अहिले तरलता अभावको समस्या सम्बोधन हुने किसिमले मौद्रिक नीति आउनुपर्छ’, उनले भने, ‘विगतमा छ, साात प्रतिशतमा सीमित रहेको ब्याजदर बढेर अहिले १३ प्रतिशतसम्म पुगेको उनको भनाइ छ । यो छ महिनामा दुई गुणाले ब्याजदर बढ्नु कदापि राम्रो होइन, अहिलेको ब्याजदर र मूल्य वृद्धि बजारले धान्न सक्दैन, यसलाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ’, अध्यक्ष गोल्छाले भने ।

उनले अनुत्पादनशील क्षेत्रतर्फको कर्जामा कडाइ नगर्न पनि आग्रह गरे । ‘अनुत्पादनशील कर्जामा कडाइ गर्दा अर्बौं रुपैयाँबराबरको राजस्व गुम्न सक्छ, यसले अर्थतन्त्रमा अर्को समस्या आउन सक्छ’, उनले भने । उनले पुँजी बजारमा देखिएको समस्यालाई सम्बोधन गर्दै, आयातमा गरिएको सशप्रतिशत मार्जिनको व्यवस्थालाई पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x