Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारले आशा जगायो

सेयर बजारले आशा जगायो


काठमाडौं, फागन ९
सेयर बजारमा लगानीकर्ताहरूलाई आशा जगाएको छ । बिहीबार सेयर बजार परिसूचक १४ सय ३४ दशमलव ५७ अंकमा चढेपछि लगानीकर्ता थप आशावादी बनेका छन् । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक २९ दशमलव ३२ अंकले बढेपछि उक्त बिन्दुुमा पुुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव पाँच अंकले बढेर तीन सय दशमलव ४४ अंकमा पुुगेको छ । बिहीबार कुुल एक सय ८० वटा कम्पनीहरूको कारोबार भएका छन । जसअनुुसार २३ हजार नौ सय वटा कारोबार ५८ लाख २९ हजार पाँच सय १० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुई अर्ब ७८ करोड ५० लाख चार हजार नौ सय आठ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार टे«डिङ र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः नौ दशमलव ८५ र शून्य दशमलव शून्य चार अंकले ओरालो लागे पनि बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव नौ अंकले उकालो लागेर १२ सय दुुई दशमलव ७२ अंकमा पुुगेकोमा विकास बैंक समूहको सूचक १० दशमलव चार अंकले उकालो लागेर १८ सय ८१ दशमलव ६३ अंकमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि १३ दशमलव ९२ अंकले उकालो लागेर एक हजार ४९ दशमलव ९३ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक एक सय ५९ दशमलव ३२ उकालो लागेर २६ सय ७० दशमलव २१ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ७४ दशमलव एक अंकले उकालो लागेर सात हजार एक सय आठ दशमलव ९८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि तीन सय ८५ दशमलव ३९ अंकले उकालो लागेर आठ हजार चार सय ७३ दशमलव ६४ अंकमा चढेको छ । यीबाहेक होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः ४९ दशमलव २७, ९७ दशमलव २६ र नौ दशमलव तीन अंकले उकालो लागेका छन् ।

बिहीबार कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको बोर्टलस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९९ पैसाले बढेर आठ हजार चार सय ९९ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९८ पैसाले बढेर आठ हजार चार सय ९९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एनएमबी माइक्रोफाइनान्स वित्तीय सस्था, मेरो माइक्रोफाइनान्स आदि परेको छ । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य चार रूपैैयाँ ३९ पैसाले घटेर एक सय ७४ रूपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमान परेको समृद्धि फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन रूपैयाँ ७० पैसाले घटेर एक सय चार रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नबिल इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । बिहीबार बढी रकम कारोबारका आधारमा भने शिवम् सिमेन्ट पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय ६७ रूपैयाँ अन्तिम मूल्यमा १७ करोड दुुई लाख १३ हजार ९५ रूपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरीको प्रतिकित्ता १५ सय ९१ रूपैयाँ अन्तिम मूल्यमा १२ करोड २२ लाख ६७ हजार आठ सय ६९ रूपैयाँको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार यसदिन प्रभुु बैंकले बढी अनुुपातमा कायम रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । बैंकले संस्थापक र साधारण सेयरको अनुुपात ५१ दशमलव ४९ प्रतिशत कायम गर्न ४१ लाख २६ हजार दुुई सय छ दशमलव १३ प्रतिशत संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x