Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सद्वारा बालाजुमा वृक्षरोपण

समृद्धि फाइनान्सद्वारा बालाजुमा वृक्षरोपण


काठमाडौं । समृद्धि फाइनान्सले सोमबार काठमाडौंको बालाजुमा वृक्षरोपण कार्यक्रम गरेको छ । फाइनान्सले असार महिनामा आफ्नो पाँचवटै शाखाहरुबाट उक्त कार्यक्रम विभिन्न मितिमा सम्पन्न गरेको हो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x