नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट नबिल बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेको हो ।
यसअघि दुवै बैंकहरूको २०७८ जेठ सात गते बसेको छुट्टाछुट्टै साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोपश्चात् कम्पनी रजिस्टर्ड कार्यालयको यही असार १७ प्राप्तिको लागि स्वीकृति प्रदान गरेको थियो । सोही आधारमा नेपाल राष्ट्र बैंकले पनि प्राप्ति प्रक्रियाको लागि स्वीकृति दिएसँगै सोमबारबाट नबिल बैंक लिमिटेडकै नाउँमा एकीकृत कारोबार सुरु भएको हो ।
नबिलले एनबीलाई प्रतिसेयर ४३ रुपैयाँका दरले प्राप्ति गरेको हो । जसअनुसार नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा चार अर्ब ३३ करोड रुपैयाँ थपिनेछ । यसो हुँदा एकीकृत कारोबारपश्चात् नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्राप्तिअघि नबिलको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ थियो भने एनबीको चुक्ता पुँजी १० अर्ब आठ करोड रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया