हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार साउन १ गतेबाट
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले यही साउन १ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । यी दुई कम्पनीहरूले मर्जरमार्फत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाउँबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
यी दुई कम्पनीहरूबीच गत वैशाख २३ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापश्चात् दुवै कम्पनीहरूले यही असार दुई गते मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोलगत्तै असार ८ गते बीमा समितिले दुवै कम्पनीहरूलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरको लागि एभरेष्ट इन्स्योरेन्सको एक सय कित्ता सेयरबराबर हिमालयन जनरको ८५ कित्ता अर्थात् १००ः८५ को स्वाप रेसियो कायम गरिएको थियो ।
हाल हिमालयनको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख र एभरेष्टको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेकोमा एकीकृत कारोबारपश्चात् बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब १८ करोड १० लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया