प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने
काठमाडौं । निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार गर्दै आएका प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी पनि मर्जरमा जाने भएका छन् । दुईवटै कम्पनीहरूले शनिबार एक–आपसमा गाभ्ने तथा गाभिने विषयमका सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरको लागि प्रभु र अजोड इन्स्योरेन्सबीच १००ः७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि बन्ने कम्पनीमा अजोड इन्स्योरेन्सको एक सय कित्ता सेयर हुने सेयरधनीले प्रभुको ७० कित्ता मात्र सेयर पाउनेछन् । मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा प्रभुका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्र मल्ल र अजोडका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरञ्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।
मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने विषयमा पनि दुवै कम्पनीहरूबीच सहमति भएको छ । यसैगरी सञ्चालक समितिको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने विषयमा पनि दुवै कम्पनीहरूबीच सहमति जुटेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया