Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु


काठमाडौं । हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीले मर्जरमार्फत साउन १ गते आइतबारबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाउँबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

यी दुवै कम्पनीहरूले वैशाख २३ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । बीमा क्षेत्रमा भएको यो नै पहिलो मर्जर हो । होटल याक एन्ड यतिमा आइतबार आयोजित विशेष समारोहबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कार्यक्रममा उनले वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने सफल मर्जरको लागि गौरव महसुस गरेको बताएका थिए । आफू बीमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुनेगरेको भन्दै मर्जर र पुँजीवृद्धिमार्फत सबल र दायरा विस्तार गर्ने लागि परेको अध्यक्ष सिलवालले बताए ।

बीमाको पोलीसी सबैले बुझ्ने खालका बनाउनुपर्ने र गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्नसक्ने बीमा पोलिसी चाहिने उनको भनाइ थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जरमार्फत सूचीकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरे । दुवै कम्पनीहरूले वैशाख २३ गते एभरेष्टको एक सय कित्ताबराबर हिमालयन जनरलको ८५ अर्थात् १ः०.८५ को स्वाप रेसियो कायम गर्दै मर्जरको लागि तयार भएका थिए । मर्जरअघि हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्टको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख रूपैयाँ रहेको थियो । मर्जरपश्चात् बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x