सिक्लेस हाइड्रोपावरले साधारण सेयर जारी गर्ने
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आठ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयवासीहरूको लागि हाल कायम रहेको जारी पुँजी ८५ करोड रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक बीओके क्यापिटलमार्फत यही साउन छ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा साउन २० गते र ढिलोमा भदौ पाँच गते बन्द हुनेछ । अधिकृत पुँजी ८५ करोड तथा जारी पुँजी ८५ करोड रुपैयाँ रहेको कम्पनीको आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणको लागि छुट्याएको साधारण सेयर समेत बिक्री गरेपश्चात भने कम्पनीको चुक्ता पुँजी ८५ करोड रुपैयाँ नै पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया