जंगी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको जंगी अड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा गरेको छ । बैंकले साउन एक गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्तरूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवं नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।
बैंकले हाल देशभर दुई सय १९ वटा शाखाहरू, एक सय ८२ वटा एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया