स्वेत गंगा हाइड्रोपावरको २३ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला
काठमाडौं । स्वेत गंगा हाइड्रोपावर कम्पनीको २३ करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले हाल कायमर हेको जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २३ लाख ८९ हजार पाँँच सय कित्ताबराबरको साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री खुला भएको कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार चार सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँकी सर्वसाधारणमा बिक्री गरिने कम्पनीको भनाइ छ । अधिकृत पुँजी एक अर्ब आठ करोड, जारी पुँजी एक अर्ब ११ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ५१ करोड ३० लाख रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत यही साउन ४ गतेबाट खुला भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा साउन आठ गते र ढिलोमा साउन १८ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया