Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफ फाउन्डेसनले समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्न योजनाको घोषणा

मेटलाइफ फाउन्डेसनले समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्न योजनाको घोषणा


काठमाडौं । मेटलाइफ फाउन्डेसनले आज विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ । यस बहुआयामी योजनाले मेटलाईफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिनेछ । यस फाउन्डेसनले एक सय ५० करोड डलर कोषको वाचा गरेको छ र मेटलाइफले २०२१ र २०३० को बीचमा ऐतिहासिकरूपमा सीमान्तकृत व्यक्तिहरू र तिनीहरूका परिवारहरूलाई समर्थन गर्न आठ लाख कर्मचारी स्वयंसेवक घण्टाको प्रतिज्ञा गरेको छ ।

मेटलाइफ फाउन्डेसनको अनुदान निर्माण र प्रभाव लगानीहरू संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरू प्राप्त गर्नको लागि केन्द्रित गर्नेछ । सोअनुसार आर्थिक समावेशीकरण अन्र्तगत नयाँ अर्थतन्त्रमा प्रतिस्पर्धी हुनको लागि उच्च दक्षता र पुनः सीप गर्ने प्रतिभा, वित्तीय स्वास्थ्यअन्तर्गत बजेट व्यवस्थापन, बचत, र क्रेडिट र लाभहरूमा पहुँचलाई एक उल्लेखनीय सम्पत्ति निर्माण योजनाको रूपमा सक्षम पार्ने र बलियो समुदायहरूः स्वास्थ्य स्रोतहरूमा पहुँच विस्तार गर्दै, साथै जलवायु–केन्द्रित अनुदानहरूमार्फत वातावरणलाई दिगो र स्वस्थ बनाउने घोषणा गरेको छ । मेटलाइफका कर्पोरेट मामिला प्रमुख र मेटलाइफ फाउन्डेसनका अध्यक्ष माइक जारकोनले भने, ‘एक सय ५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरेर र हाम्रा स्रोतसाधनको फराकिलो प्रयोग गरेर हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पारेको छ ।

मेटलाइफ फाउन्डेसनको अद्यावधिक फोकसको साथ, हामी विश्वभरका कमजोर र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राख्छौँ ।’ मेटलाइफ फाउन्डेसनका प्रयासहरूलाई मेटलाइफ कर्मचारी–सञ्चालित स्वयमसेवा र सीपमा आधारित प्रो–बोनो प्रोजेक्टहरूद्वारा बढाइनेछ जसले मेटलाइफका कर्मचारीहरूको प्रतिभालाई गैरनाफामुखी संस्थाहरूको क्षमता विस्तार गर्न, अझ गहिरो प्रभावहरू प्रदान गर्दछ । २०२१ मा, मेटलाइफका २५ हजारभन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१ हजारभन्दा बढी घण्टा स्वयमसेवा गरे ।

मेटलाइफ फाउन्डेसनका अध्यक्ष तथा सीईओ र मेटलाइफमा कर्पोरेट गिभिङ र कर्मचारी स्वैच्छिकताका प्रमुख टियाहोजेसले भने, ‘मेटलाइफको प्रतिभालाई मेटलाइफ फाउन्डेसनको परोपकारी लगानीहरूसँग संयोजन गरेर, हामीले मेटलाइफका कर्मचारीहरूको समय, विशेषज्ञता र जोशलाई विश्वभरका समुदायहरूमा बल गुणक बन्नको लागि प्रयोग गरेर हाम्रो प्रभावलाई बढाउन सक्छौँ ।’

मेटलाइफ फाउन्डेसनको बारेमा : मेटलाइफ फाउन्डेसनमा हामी आर्थिक स्वस्थता सबैको लागि हो भन्ने मान्यता राख्दछौँ । आर्थिक अक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागि हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपूर्ण अनुदान उपलब्ध गराउद छौँ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाइफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिवृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरूसँग सहकार्य गर्दछौँ । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउन्डेसन सन् १९७६ मा स्थापित भएको होे । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x