Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफबाट मनोज भट्टराईको बिदाइ

प्राइम लाइफबाट मनोज भट्टराईको बिदाइ


काठमाडौं । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नुपरेको हो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुईवर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवै जनालाई बिदाइ गरेका छन् । अत्यन्तै भावुक बिदाइ समारोहमा कतिपय कर्मचारीले आँसुसमेत झारेका थिए । अभिभावकले जस्तै माया, हौसला र प्रेरणा दिने भट्टराईको स्वभावका कारण उनलाई बिदा गर्नुपर्दा ज्यादै नरमाइलो लागेको कर्मचारीहरूको भनाइ थियो ।

Open photo

भट्टराईलाई कर्मचारीहरू कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन् । उनको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको उनीहरूको भनाइ छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x