समृद्धि फाइनान्स र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र थर्टी टु क्याफे एन्ड कफी स्टेसनबीच बिहीबार सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूलाई होटेल थर्टी टु क्याफे एन्ड कफी स्टेसनले फुड र बेभरेजमा १० प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट दिने भएको छ ।
सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक विनोद राज पौडेल र थर्टी टु क्याफे एन्ड कफी स्टेसनका म्यानेजर अमन अइयरले हस्ताक्षर गरेका हुन् । पुतलीसडकमा शंकरदेव क्याम्पसनजिकै रहेको यो क्याफे धेरै नै भिडभाड हुने र स्वादिस्ट खाने कुराको लागि प्रसिद्ध छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृत श्रीसुरज कुमार सर्राफले जनाएका छन् ।
समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया