Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता


काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनल प्रालिका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिट इन्टरनेसनल प्रालिमार्फत आएको रेमिट्यान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सबएजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतामार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकवर्गहरूले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ ।

नेपाल बैंकले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । नेपालभर दुई सय १९ वटा शाखाहरू, ४७ वटा एक्सटेन्सन काउन्टर र दुई सय ६० भन्दा बढी रेमिट्यान्स भुक्तानी गर्ने सबएजेन्ट, पाँच हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, उच्च ब्याजदर प्राप्त हुने रेमिट्यान्स बचत खाता एवं मुद्दती खातामा रकम जम्मा सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी पनि बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x