Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच सम्झौता

एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच सम्झौता


काठमाडौं । निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रूपमा एनलएलजीको बीमा प्रडक्टहरूका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रूपमा उक्त कम्पनीको प्रडक्टहरूको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमा मार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ । यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबीमालाई समेत लक्ष्य बनाएको छ ।

समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी एलजीका पोलिसीहरूको खरिद बिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ । ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमादाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखिलराज बंका पनि उपस्थित थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x