Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ । सोही सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित मेरो जब लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पु-याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । नेपालको सन्दर्भमा सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो ।

शिक्षित तथा अनुभवी व्यक्तिहरू जो आफ्नो योग्यता तथा क्षमताअनुसारको काम खोजिरहेको हुन्छन्, त्यस्तै विभिन्न रोजगारदाताहरू जसलाई उपयुक्त कर्मचारीहरू चाहिएको हुन्छ, यी दुवैबीचको पुलको रूपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रालि (हाल मेरो जब लिमिटेड)को स्थापना भएको हो । मेरो जब लिमिटेडले मेरो जब डटकम जब पोर्टलमार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ ।

हाल मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरू दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरूले मानव संसाधन व्यवस्थापन सेवाहरू लिँदै आइरहेका छन् । यसका साथै मेरो जब लिमिटेडले वर्षेनी एक हजारभन्दा बढी क्षमता वृद्धि कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा तालिमहरू प्रदान गर्दै आइरहेको छ ।

मेरो जब लिमिटेडले आगामी दिनहरूमा आफ्नो मानव संसाधन व्यवस्थापनसम्बन्धी अन्य सेवाहरू प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरू तथा रोजगारदाताले कम्पनीको आवश्यकताअनुरूपको कर्मचारी प्राप्त गर्न पुलको भूमिका निर्भाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाइको कम्पनीको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

साथै क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवासम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा इमेल ठेगानमा सोझै सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x