Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा

एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा


काठमाडौं । एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत आफ्नो भिसा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यो सेवाबाट बैंकका ग्राहकहरूले मोबाइल वालेटबाट नै भर्चुवल डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरू तथा सेवाहरू उपयोग गर्न सकिनेछ ।

यसका साथै मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे माध्यमबाट एक हजार पाँच सयभन्दा बढी मर्चेन्टहरूमा भिसा क्यूआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३३ वटा एटीएम बुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x