Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक आईक्यानद्वारा लगातार तेस्रो पटक पुरस्कृत

मुक्तिनाथ विकास बैंक आईक्यानद्वारा लगातार तेस्रो पटक पुरस्कृत


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको हो ।

आईक्यानले बेष्ट प्रिजेन्टेड एयानुअल रिर्पोट अवार्ड विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो । ती विधाहरूम बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (विकास बैंक र वित्त कम्पनी समूह ), बीमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमक मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x