Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र एनसेलबीच सम्झौता

नेपाल बैंक र एनसेलबीच सम्झौता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई डाटाशुल्क नलाग्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरूलाई यसअघि नै यो सुविधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटाशुल्क लाग्ने छैन । डिजिटल बैंकिङलाई प्रवर्द्धन गरी ग्राहकहरूलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोबाइल बैकिङ एप प्रयोग गर्दा डाटाशुल्क नलाग्ने व्यवस्था भएकोमा खुशी व्यक्त गरे । आगामी दिनहरूमा एनसेल एक्सीयाटासँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरे । त्यसैगरी एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपालको पहिलो बैंकसँग व्यावसायिक साझेदारी गर्न पाउँदा आफू निकै हर्षित भएको विचार व्यक्त गरे ।

नेपालभर दुई सय १९ वटा शाखाहरू, एक सय ८३ वटा एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x