बीओकेका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई कोेरियन भाषा इन्स्टिच्युटमा छुट
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)ले आफ्नो बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई कोरियन भाषा सिकाइ संस्था थेयाङ हान्गुल इन्स्टिच्युटमा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ । यो छुट सम्झौतापश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारीपत्रअनुरूप रोजगार अनुपति प्रणाली (ईपीएस) अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरूले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल इन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेकोमा २५ प्रतिशत छुट पाउन सक्नेछन् ।
नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीचको समझदारीअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत वार्षिक नौ हजारभन्दा बढी नेपाली नागरिकहरू कोरियन भाषा उत्तीर्ण गरी कामदारका रूपमा गणतन्त्र कोरिया गइरहेका छन् । थेयाङ हान्गुल इन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढी गणतन्त्र कोरिया जान इच्छुकहरूलाई दक्ष तथा कोरियन भाषा विज्ञहरूबाट कक्षा सञ्चालन गर्दै आइरहेको छ । बैंकले हालसम्म एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया