Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुवित्तको खुद मुनाफा सात करोड ३६ लाख

मिथिला लघुवित्तको खुद मुनाफा सात करोड ३६ लाख


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा सात करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ४९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ९७ करोड ७८ लाख ३९ हजरा रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८५ करोड ६४ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ९६ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३३ लाख ६० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४७ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाल ६२ करोड ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ३९ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड दुई लाख ५७ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७५ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x