Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ‘फुल डबल मुद्दती योजना’

राष्ट्रिय वाणिज्य बैंकको ‘फुल डबल मुद्दती योजना’


काठमाडौं । राष्ट्रिय बैंक लिमिटेडले ‘फुल डबल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष सात महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरूले लकर सेवामा शतप्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुटलगायत अन्य आकर्षक सुविधाहरू पनि प्रदान गरिनेछ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत यो मुद्दती खाता खोल्न सकिनेछ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा दुई सय ५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x