Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकका ग्राहकले नमस्ते–पे वालेटमा रकमान्तर गर्नसक्ने

सानिमा बैंकका ग्राहकले नमस्ते–पे वालेटमा रकमान्तर गर्नसक्ने


काठमाडौं । सानिमा बैंकका ग्राहकहरूले अब नमस्ते–पे वालेटबाट कारोबार गर्नसक्ने भएका छन् । ग्राहकहरूले नमस्ते–पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकमरकमान्तर (चेकआउट) गर्न सक्नेछन् । बैंकले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते–पे वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरू गर्दै जाने भन्ने विश्वास गरेको छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरू र १२० वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x