धौलागिरी लघुवित्तको सार्वजनिक सेयर निष्कासन हुँदै
काठमाडौं । बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन २४ गतेदेखि सार्वजनिक सेयर निष्कासन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक सेयर निष्कासनपश्चात् १० करोड ३१ लाख पुग्नेछ । हाल सात करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरणबमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ दुई सय ५७ रुपैयाँ हुन आउँछ ।
कम्पनीको सञ्चित नाफा नोक्सानी समेत चार दशमलव छ करोडभन्दा माथि रहेकाले सार्वजनिक सेयर निष्कासनपश्चात् समेत सेयरधनीहरूको लागि ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रियस्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरूमार्फत कुल एक सय ४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आव २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणबमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २५ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया